मन्त्री परिषदको बैठकपछि आजै प्रधानमन्त्रीको राजीनामा आउने

She bahadur deuba 23

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज राजीनामा दिने भएका छन् ।

आजै प्रधानमन्त्री पदबाट राजीनामा दिन उनले प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्री परिषद्को बैठक बोलाएका छन् ।

बैठक सकेर उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्ने तय भएको छ । देशवासीको नाममा सम्बोधनपछि नयाँ सरकार गठनको मार्ग खुल्ने छ ।

देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो ।

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...