सनसनीपूर्ण जित: नेपाल विश्वकप छनोटमा

Nepali cricket team selfie 1522018023531 1000x0

काठमाडौं । अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनोटमा पुगेको हो ।

नेपालले बुधबार टस जितेपछि ब्याटिङ पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो ।

चार पटक एकदिवसीय विश्वकप खेलिसकेको क्यानडा यो अवस्थामा ११ औं पटक विश्वकप छनोटमा पुग्ने निश्चितजस्तै देखिएको थियो । तर करणले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गरी नटआउट ४२ रन बनाएपछि नेपालले अन्तिम बलमा विजय लक्ष्य पूरा गरेको थियो ।

अन्तिम २ ओभरमा २० रन चाहिने अवस्थामा करणले ४९ औं ओभरमा एक चौका र एक छक्कासहित १२ रन बनाएपछि नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो चार बलमा कुनै रन लिन नसक्दा पराजयको नजिक पुगिसकेको नेपाल पाँचौं बलमा करणले छक्का प्रहार गरेपछि सनसनीपूर्ण जितको आस ब्युँतिएको थियो ।

त्यसपछिको अन्तिम बल वाइड हुँदा नेपालको पोल्टामा १ रन थपियो । अन्तिम बलमा सहज १ रन प्रहार गरेर करणले नेपाललाई जित दिलाए । करणले सन्दीपसँग १०औं विकेटमा ५१ रनको साझेदारी गरेका थिए ।

यूएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा यूएई छनोट हुन सफल भएको छ । नेपाल र यूएईले बिहीबार फाइनल खेल्ने छन् ।

२०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन–२ का शीर्ष दुई टोली विश्वकप छनोटमा पुगेका हुन् ।

नेपाल लगातार दोस्रो पटक विश्वकप छनोटमा पुगेको हो । विश्वकप छनोट मार्चदेखि जिम्बावेमा हुनेछ । विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्ससहित १० टोलीको सहभागिता रहने छ ।

छनोट प्रतियोगिताका शीर्ष दुई टोली २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा पुग्नेछन् । त्यसबाहेक स्कटल्यान्ड, हङकङ, पपुवा न्युगिनी छनोटमा सहभागी अन्य राष्ट्र हुन् । वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् ।

नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । यीबाहेक विश्वकप छनोटको शीर्ष तीनमा पर्ने राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छन् । पुछारका दुई टोलीले फेरि डिभिजन–२ मै फर्कनुपर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...