प्रणय दिवसमा प्रेमिल गजल वाचन

Gazal12

बाजुरा । प्रणय दिवसको अवसर पारी जिल्ला स्तरीय गजल बाचन कार्यक्रम आयोजना गरिएको छ । प्रेमसँग बढी सम्बन्ध राख्ने विधा भएकोले दिवसको अवसरमा खुला गजल बाचन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा साहित्यका गतिविधि बढाई कला साहित्यको संरक्षण र प्रर्वद्धन गर्न जिल्ला स्तरीय गजल वाचन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् ।

वाचन कार्यक्रममा ३३ जनाले नाम दर्ता गराएकोमा ३१ जनाले वाचन गरेका थिए । जिल्ला तहमा साहित्यका गतिविधि नै नहुँदा श्रष्टा सर्जकको प्रतिभा बाहिर नआएपनि गजल लेखन तथा साहित्यमा अभिरुचि राख्नेमा कमी नभएको कार्यक्रममा सहभागि साहित्यकार एवं मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

एक जनाले तीन देखि पाँच वटा गजल वाचन गरेका थिए । माया प्रेम र विशुद्ध श्रृगारिक रसमा लेखिएका गजलहरु बढी वाचन गरिएको थियो । कार्यक्रममा गजलकार मिनप्रसाद जैशी, महेशराज जोशी, कृष्ण अविरल, नरेन्द्र थापा, विष्णु भुषाल, खिमु केसी, वीरबहादुर विष्ट, दिपेन्द्र शाह, रमित विक, दिलीप बुढा लगायतले वाचन गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । प्रतिष्ठान अध्यक्ष हर्क खडायतले प्रमुख अतिथि रोकायालाई गुलावको फूल दिएर औपचारिक उद्घाटन गरिएको थियो ।

माया पिरती, देश प्रेम र मिलन बिछोडका गजलहरुले स्थान पाएका थिए । गजलको सुरुवाद प्रेम लक्षित संवाद वा कुराकानी गर्नबाट सुरु भएकोले प्रेम दिवसको अवसर पारी जिल्लामा पहिलो साहित्य कार्यक्रम सञ्चालन गरिएको हो ।

देउडा दोहोरी, कविता विधा तर्फका कार्यक्रम सञ्चालन गरिएपनि गजल विधामा जिल्लामै पहिलो र भव्य कार्यक्रम सञ्चालन गरिएको हो । कल्पना गरेको भन्दा राम्रा र प्रतिभावान गजलकारहरु जिल्लामा रहेपनि प्रस्फुटन हुन नसकेको भन्दै त्यसको प्रवद्र्धन र विकासमा सबैको सरोकार आवश्यक रहेको बाजुरा क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले बताएका छन् ।

साहित्य विधाका श्रष्टा सर्जक सहितको भव्य उपस्थिति रहेको कार्यक्रममा बडिमालिका नगरप्रमुख पदम बडुवालले साहित्यले जीवन जिउने कला मात्र नभई पहिचानको संरक्षण र प्रवद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा साहित्यमा झुकाव राख्ने मालिका नमुना मावि, बडिमालिका बोडिङ् स्कुल, बाजुरा क्याम्पस सरकारी तथा गैर सरकारी निकायसँग आवद्ध १ सय ५० बढीको सहभागिता रहेको थियो । प्रतिष्ठान यसै साता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...