एमाले स्थायी कमिटीको आकस्मिक बैठकले दियो अोलीलार्इ देश चलाउने जिम्मेवारी

0li

काठमाडौँ । एमाले स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । मानभवनस्थित एक निजि घरमा बसेको एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । 

एमाले अध्यक्ष ओली भने दोस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन् । एमालेसँग गठबन्धन गरेर निर्वाचनमा गएको माओवादीले पनि ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने भएको छ ।

दुवै पार्टीले ओलीलाई समर्थन दिएको पत्र राष्ट्रपतिकहाँ पठाएपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ । प्रतिनिधिसभा निर्वाचनमा एमालेले सबै भन्दा ठूलो दल भएको थियो । तर उसले एक्लै बहुमत भने ल्याउन सकेन ।

चुनाव अघि नै गठबन्धन गरेका एमाले- माओवादी केन्द्रको जोडेर भने सरकार बनाउने मत पुग्छ। दुवै पार्टीबीच एकता हुने निर्णय भएको छ।

नयाँ पार्टीमा दुवै पार्टीका अध्यक्षहरु सहअध्यक्ष बन्ने र प्रधानमन्त्री पनि आलोपालो हुने सहमति भएको हो। ओलीपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने सहमति भएको छ। तर कति वर्षपछी हुने भन्ने टुंगो भने लागेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...