ओलीले बोलाए आकस्मिक बैठक, स्थायी कमिटी सदस्यहरु मानभवनतिर

संयोजन समितिको बैठक पनि मानभवन मै बस्ने

Uml

काठमाडौं । ओली र प्रचण्डबीच वान टु वान छलफल सकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् । 

माओवादीसँग पार्टी एकताको निर्णय गर्न अगाढी पार्टीका स्थायी किमटीमा सहमतिका एजेन्डाहरु र दुर्इ नेताहरुले बनाएको ड्राप्टका बारेमा छलफल गर्ने बैठक बोलाएको बताइएको छ । 

पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् ।

मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।

ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...