बिदाई भए डोलेश्वरबाट साधुसन्त

Do

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाई गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो ।

डोलेश्वर दर्शन गर्न आएका झण्डै ५ सय साधुसन्तहरु मध्ये आज ३ सय साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको र बाँकी साधुसन्त बिदाई कार्यक्रममा सहभागी नभईकन फर्केको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले बताए ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए । क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय दक्षिणा, ख वर्गलाई नगद ७ सय रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती प्रदान गरिएको उनले बताए ।

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने गरेको हो । डोलेश्वरमा शिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए ।
मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो । देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा डोलेश्वर आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...