नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

Nepal bdng

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।

आज हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगोसमेत लाग्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन दुईमै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन दुईको शीर्ष दुई स्थानमा रहने टोली विश्वकप छनोट प्रतियोगिताको लागि छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन दुईमै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन दुई बाट तीनमा घटुवा भइसकेको छ ।

प्रतिकृया दिनुहोस