ओली र प्रचण्डबीचको 'निर्णायक' वार्ता, वार्ता सकियो, के भयो सहमति ?

Kp prachanda oli dahal bam

काठमाडौं । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता  भएको हो । दुई नेताबीचको वार्तामा बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको उच्च श्रोतले जानकारी दिएको छ । 

एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । त्यसपछि आजको संवादलाई निकै चासोका साथ हेरिएको थियो । त्यसलाई अन्तिम रुप दिन दुई नेताले आज पनि ‘वान टू वान’ संवादलाई जारी राखेका हुन् ।

पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...