शुरु भयो ओली र प्रचण्डको 'निर्णायक' वार्ता, के होला त पार्टी एकता ?

Uml mao united kp prachanda 269yonh33a 1

काठमाडौं । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ ।
ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो । अधिकारीको घरमा  वाम एकताबारे दर्जनौं पटक शीर्ष  तहमा छलफल हुँदै आएको छ । 

एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । त्यसपछि आजको संवादलाई निकै चासोका साथ हेरिएको छ ।

त्यसलाई अन्तिम रुप दिन यी दुई नेताले आज पनि ‘वान टू वान’ संवाद शुरु गरेका हुन् । दुई नेतावीच सहमति जुट्यो भने पार्टी एकता संयोजन समितिको बैठक बोलाएर त्यसलाई अनुमोदन गर्ने तयारी छ ।

सहमति के–के मा ?
पार्टी एकताका लागि सहमति हुँदा पार्टी नेतृत्व, सरकारको नेतृत्व, संगठनको स्वरुप र पार्टीको नीतिका विषयमा पनि सहमति जुटाउनुपर्नेछ ।
सोमबार ओली र प्रचण्डबीच ‘लन्च’सहित भएको ‘वान टू वान’ संवादमा यी चार विषयमा छलफल भएपनि अन्तिम सहमति भने बन्न वाँकी छ ।
यद्यपी, दुवै नेताले ‘वान टू वान’ भेटवार्तामा भएका छलफलका विषय र भएका भनिएका सहमतिवारे मुख खोलेका छैनन् ।
सोमबारको छलफल अनुसार आज दुई नेतावीच पुनः वार्ता भएको हो ।
आजको वार्तामा एकताको ‘खाका’ तयार हुने केही नेताहरुको दावी छ ।
दुई नेताले एकताको खाका तयार गरेपछि पार्टी एकता संयोजन समितिको बैठक राखेर अनुमोदन गर्ने बताइएको छ ।

टुंगाउनुपर्ने चार विषय
१.पार्टीको नेतृत्व कसले गर्ने ?
२.प्रधानमन्त्री एउटै व्यक्ति वा आलोपालो गर्ने ?
३.संगठनको स्वरुप कस्तो र कत्रो बनाउने ?
४. पार्टीको नीति के हुने ?
यसअघि एकजना अध्यक्षले पार्टीको नेतृत्व र अर्कोेले सरकारको नेतृत्व गनुपर्ने विकल्प माओवादीले अघि सारेको थियो ।
तर, मओवादीको यो विकल्पमा एमाले अध्यक्ष ओली सहमत नभएपछि केही खटपट समेत भएको थियो ।
एमालेका केही नेताले अध्यक्ष र प्रधानमन्त्री दुवै ओलीले नै गर्नुपर्ने बताएपछि माओवादीका नेता कार्यकर्ता झस्किएका थिए ।
उनीहरुले अपमानजनक एकता हुन नसक्ने प्रतिकृया नै दिएका थिए ।

सहमति जुट्न सक्ने मोडालिटी
–दुवैलाई वीन वीन हुने गरी सरकारमा आलोपालो प्रणालीअनुसार पहिला एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अढाइ बर्ष सरकार बनाउने ।
–त्यसपछिको अढाइ बर्ष दोस्रो चरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनाउने ।
–सांगठानिक संरचना छरितो बनाउने ।
–पार्टीको नीति जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले मिलाउने र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने ।

रातोपाटी बाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गरीबको साथमा प्रधानमन्त्री ओली, बिरामी ल्याउन पठाए जहाज

Kp oli pm jf4dnpu99p

काठमाडौं । बाजुरा जिल्ला गौमुल गाँउपालिकाकी भीरबाट लडेर गम्भीर घाइते भएकी धर्म रोकायालाई काठमाडौ ...