किरण र विप्लवलाई गम्भिर अपिल र आग्रह गर्छु, द्धन्दात्मक भौतिकबादको चुरो कुरो बुझ्नुस् : प्रचण्ड

Jana udda diwas 1 zfxcyshryt

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङ्ग्याउने गरी छलफल भइरहेको बताएका छन् । 

२३ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले जयुद्धकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको भन्दै यहि ऐतिहासिक दिनमा पार्टी एकीकरणको प्रकृया टुङ्ग्याउन आफूहरु लागि परेको बताए ।

‘दुई पार्टी एकताका लागि हामी गहन छलफलमा छौ । एमाले अध्यक्ष केपी ओलीले पनि हाम्रो कुराकानीका क्रममा जनयुद्धको महत्व स्वीकार गर्नुभएको छ । जनयुद्ध  दिवसकै दिन पार्टी एकता टुङग्याउने हाम्रो कोसिस छ । सायद यो कोशिस सफल हुन्छ । यसले प्रतिकृयाबादी र साम्राज्यबादीलाई चुनौती हुन्छ’ अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने ।

उनले एमाले र माओवादी एकतासँगै नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्य किरणलाई पनि एकता प्रक्रियामा सहभागि हुन आव्हान गरे ‘ यो महान एकता र बहसमा सक्रियतापुर्वक सहभागिता जनाउन म समान विचार भएका कम्युनिष्टहरु सवैलाई आवहन गर्छु ।’ 

सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै प्रचण्डले करोडौ जनतालाई एकताबद्ध गराएरमात्रै समाजबादको सपना पुरा गर्न सकिने बताए । जनयुद्धको इतिहास, घुम्ती र मोडको स्मरण गर्दै उनले क्रान्तिका हिमायती भन्ने सवै पक्षले अव शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

उनले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन बैद्य किरणको नाम लिदै क्रान्ति पुरा गर्न र शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन जनताबाट नभाग्न आग्रह गरे । ‘ म मेरा गुरु किरणलाई पनि आग्रह गर्छु, विप्लवलाई पनि गम्भिर अपिल गर्छु, जीवनमा द्धन्दात्मक भौतिकबादको चुरो कुरो बुझ्न आग्रह गर्छु तपाइहरु जनतासँग भाग्ने कोसिस नगर्नुस् ।’ 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...