केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

Doleswor

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।

महाशिवरात्री पर्वमा डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिईने प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिए ।

उनका अनुसार क वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिण तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । प्रचार प्रसार उपसमिति संयोजक बल्लका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ११ हजार १ सय ११ को रसिद काटी पूजामा सामेल गराईने छ ।

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको संयोजक बल्लले जानकारी दिए । त्यस्तै, शिवरात्रीमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको समेत ब्यवस्था श्री मानव सेवा संघ कुलेश्वर काठमाडौैबाट गरिएको छ । सुरक्षा ब्यवस्थाका लागि प्रहरी, सेनालगायतको सहयोग रहनेछ ।

त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...