यी हुन् संघिय नेपालका सात प्रथम् मुख्यमन्त्रीहरु

सातै प्रदेशसभामा सभामुख पनि सबै पुरुष

Saghiya nepal

काठमाडौँ । नेलाको संविधानले मुलुकलार्इ सात प्रदेशमा विभाजन गरेर संघिय शासन कार्यान्वयन हुँदैछ । संविधान कार्यान्वयनको शुरुवातमा एेतिहासिक सातवटा प्रदेशमा प्रदेश सरकार गठन प्रक्रिया अगाढी बढिरहेको छ । संघियता कार्यान्वयनको पहिलो अभ्यासमा सातवटा प्रदेशमा सात नेताले मुख्यमन्त्रीको अवसर प्राप्त गरेका छन् । 

प्रथम् मुख्यमन्त्रीको अवसर प्राप्त गर्ने सात नेता मध्य नेकपा एमालेका चार, माओवादी केन्द्रका दुर्इ र संघीय समाजवादी फोरम नेपालका एकजना रहेका छन् ।

७ वटा प्रदेशमा भावी मुख्यमन्त्रीको नाम करिब तय भएको छ । दुई नम्बर प्रदेशमा मधेशी दलबाट मुख्यमन्त्री हुँदैछने भने बाँकीमा वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री हुँदैछन् । 

प्रदेश १ मा एमाले पोलिट्ब्युरो सदस्य शेरधन राई, २ मा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, ३ मा एमाले नेता डोरमणि पौडेल मुख्यमन्त्री हुने निश्चित भएको छ । त्यस्तै प्रदेश ४ मा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ्, प्रदेश नं ५ मा स्थायी कमिटी सदस्य  शंकर पोखरेल, प्रदेश ६ र ७ मा माओवादी केन्द्रका नेता महेन्द्र शाही त्रिलोचन भट्ट मुख्यमन्त्री हुने निश्चित छ ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मुख्यमन्त्रीको भावी नेतृत्व पनि दलको नेता चयनसँगै टुंगो लागेको छ ।

सातै प्रदेशसभाका सभामुखहरु पनि पुरुष  

प्रदेश ३ मा एमालेका सानु श्रेष्ठ र ७ मा अर्जुनबहादुर थापा सभामुख चयन भएका छन् । प्रदेश १ मा बहुमतप्राप्त दल एमालेले प्रदीप भण्डारीलाई सभामुखको उम्मेदवार बनाएको छ । 

प्रदेश २ मा संघीय फोरम र राजपा दुई दलको भागबण्डामा सभामुख राजपाको भागमा परेको छ ।  राजपा महासचिवसमेत रहेका मनिष सुमनलाई सभामुख बनाउने तयारी छ ।

प्रदेश ४ मा वाम गठबन्धनका तर्फबाट माओवादीले नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको छ । प्रदेश ५ को सभामुख माओवादीको भागमा परेको छ र त्यहाँ पनि महिला सभामुख बन्ने सम्भावना छैन । प्रदेश ६ मा वाम गठबन्धनका तर्फबाट एमालेका राजबहादुर शाही सभामुख उम्मेदवार बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...