मेयर कपले ल्यायो खेलाडीमा नयाँ उर्जा

Mear cup

बर्दिया । मधुवन नगरपालिकामा गत शुक्रबारदेखि शुरु भएको पहिलो मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताले खेलाडिहरुलाई नयाँ उर्जा थपेको उनीहरुले बताएका छन ।

रनिङ्ग शिल्डले उपाधी जित्नु भन्दा ठुलो अनुशासन सिकाएको वडा नम्बर ५ का खेलाडि खगेन्द्र बुढाले बताए । एन्फाको टिमले एन्फाको नियम अनुसार नै खेलकुद खेलाई रहदाँ खेलप्रेमीहरुले नँया अनुभव गरिरहेको बताएका छन ।

खेल मैदानमा प्रवेशदेखि सहायक एम्पाएरहरुको भुमिका, खेलाडि परिवर्तन गर्दा अपनाइएको प्रक्रिया तथा खेलाडिले देखाएको अनुशासन यस क्षेत्रका खेलप्रेमीका लागि नयाँ प्रयोग र सिकाईको विषय बनेको छ ।

विगतमा गाउँ स्तरका खेलकुद प्रतियोगिता निकै कम हुँदा यस क्षेत्रको खेलकुल सुस्ताएको थियो । जिल्ला भन्दा बाहिर गएका युवाहरु दशै तिहार जस्ता पर्वमा घर

आउँदा मात्रै वडा स्तरिय खेलकुद आयोजना हुने गरका थिए । नगरपालिककाका ९ वटा वडाबाट छनोट भएर आएका खेलाडीहरुले पहिलो मेयर कपमा सहभागिता जनाईरहेका छन । घरेलु मैदानमा आफ्नै वडाका टिम बीच रोमान्चक प्रतिष्प्रर्धा हेर्न दर्शकको बाक्लो उपस्थिति छ ।

आशा र आनन्दको सम्मान नै साँचो सम्पति हो भन्ने भावना खेलप्रमीहरुमा जगाउन रनिङ्ग शिल्डले भूमिका खेलेको वडा अध्यक्ष विजयकुमार रानाले बताए । स्वास्थ्य जिवनका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको पहिलो मेयर कप रनिङ्ग शिल्डमा फुटबलसँगै महिला र पुरुषको एक सय मिटर साथै ३ हजार मिटरमा महिला तथा ५ हजार मिटरमा पुरुषहरुको दौड समेत रहेको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

प्रथम मेयर कपमा भाग लिए र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई छनोट गरी नगरपालिका स्तरीय खेलकुद टिम निर्माण गरिने नगरपालिकाका मेयर कृष्ण केसीले बताए । उनले भने ‘हामी अब हुने नगर र प्रदेश स्तरिय खेलकुदमा भाग लिन सक्ने गरी उत्कृष्ट खेलाडीहरुको बलियो टिम निर्माण गर्दै छौं ।’

मेयर कप रनिङ्ग शिल्डमा ७५ हजार राशिको प्रथम पुरस्कारको व्यस्था गरिएको आयोजकले जनाएको छ । रनिङ्ग शिल्ड आगामी फागुन १ गते सकिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...