पोखरा भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि

Titepati

पोखरा । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा आगामी फागुन ३ देखि ५ गतेसम्म पोखरामा टिभिएस आरटिआर दोस्रो पोखरा भेट्रान्स राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।

बास्केटबल खेलमा लागेका ४० वर्ष उमेर समूहमाथिका खेलाडीबीच आपसी सद्भाव र सामूहिक भावनाको विकासका साथै पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नेत्रबहादुर सेनले बताए ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १२ टोली सहभागी बन्ने छन् । संघका सचिव ध्वजकुमार गुरुङले बतास ब्रदर्श प्रालिले मुख्य प्रयोजकका रुपमा २ लाख प्रायोजन गरेको बताए ।  उनका अनुसार सहप्रयोजकमा पोखरा लेखनाथ महानगरपालिका तथा विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल बास्केटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति एवं जिल्ला खेलकुद विकास समिति रहने छन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५५ हजार ५ सय ५५ र द्वितीय हुनेलाई ३३ हजार ३३३ सहित पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिने मुख्य संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले यस किसिमका प्रतियोगिताले समग्र खेलको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस