गायीका जलजलालाई सोलुखुम्बुका युवाले गरे उपचारमा सहयोग

Jaljala help

काठमाडौं । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी गायीका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रथम सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरेस्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त पहलमा सोलुखुम्वुमा संकलन गरिएको ५३ हजार २ सय ५० रुपैया शुक्रबार टिचिङ हस्पिटलमा पुगेर वितरण गरिएको हो ।

उनको उपचारमा सहयोग पुगोस् भनेर दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु सुनार लगायतले परियारलाई सो सहयोग गरेका हुन् ।

अर्घाखाँची ढाकावाङ ८ निवासी परियार नेपाली तारा सिजन ३ को टप ६ सम्म पुगेकी थिइने । उनी रेडियो नेपालद्धारा आयोजित देशव्यापी गायन प्रतियोगितामा दोस्रो भएकी थिइन् । साथै उनी केही दिनअघि मात्रै भीममाया स्मृति पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...