अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

Arjun narshing kc

चितवन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । 

उनले भने, 'अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।'

अर्को एक प्रसंगमा उgले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताए । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताए । 

उनले भने, 'हाम्रा नीति निर्णयका कुरा पार्टीभित्र यति ठूलो विभाजन र गुटबन्दी छ, त्यो गुटभित्र पनि गुटले सञ्चालन नगरेर पार्टी एउटा गिरोहले सञ्चालन गरेको छ ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...