आचार्य र राईले गरे मनोनयनपत्र दर्ता, प्रस्तावक र समर्थक को को ?

Pradesh 1 e1518153358785

विराटनगर । नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । 

संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराए । 

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहनुभएको छ भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका छन् । 

दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ः३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराउनुभयो । प्रदेश नं १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये २६ मत ल्याउनु हुनेले संसदीय दलको नेता हुनुहुनेछ । संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...