प्रदेश १ को एमाले संसदीय दलको नेताका लागि आज चुनाव हुँदै

Pradesh 1 e1518153358785

काठमाडौँ । प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेताका लागि आज चुनाव हुँदैछ। त्यहाँ ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ। एमाले एक्लैले बहुमत ल्याएको सो प्रदेशमा संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछ।

संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई र भीम आचार्यले उम्मेदवारी दिने भएका छन्। यसअघि दलको नेताको दाबी गरिरहेका जीवन घिमिरेले उम्मेदवारी नदिने भएका छन्।

‘जीवनजीले उम्मेदवारी दिनुहुन्न,’ संसदीय दलका प्रत्यासी राईले भने, ‘त्यही भएर मैले जित्ने सम्भावना बढेको छ।’ सो प्रदेशका सांसदमा नेता माधवकुमार नेपाल पक्षको बहुमत छ। मुख्यमन्त्रीका प्रत्यासी आचार्य नेपाल पक्षका हुन भने राई अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...