पार्टी एकता सुनिश्चित गरेर मात्र सरकार गठन हुन्छ : नेता नेपाल

Madhav nepal

धनगढी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन् । धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताए । 

उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताए। नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए । 

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उनले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाए । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिए । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल धनगढी आएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...