निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

1518072190938 nr dang 20180208 photo25b

 

काठमाडौँ  ।  प्रदेश नं ५ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई  प्रमाणपत्र वितरण गरिएको छ ।  मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलले नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए । 

दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी भएका थिए ।  त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का राजकुमार कुँवर विजयी भएका थिए । त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । 

तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् । 

त्यस्तै प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभएको थियो । 

सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा), परशुराम मेघी गुरुङ (संखुवासभा), अगम वान्तवा राई (इलाम),बिना पोखरेल (मोरङ) र रमेशजंग रायमाझी (मोरङ) लाई प्रमाणपत्र वितरण गरियो । 

नेपाली काँग्रेसबाट विजयी महिला सदस्य कृषि राज्य मन्त्री सरिता प्रसाईं (झापा) विदेश भ्रमणमा रहनुभएकाले अनुपस्थिति थियो।  सो अवसरमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनताको समुन्नत हुने चाहनालाई निर्वाचित सदस्यले पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक गर्नमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद ज्ञापन गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...