राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

Voting

काठ्माडौँ ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत  देशभरका ६ वटा प्रदेशमा मतदान शुरु भएको छ ।  बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

राष्ट्रिय सभामा ५९ जना रहने व्यवस्था भएकाले राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुन लागेको हो ।

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ ।

यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।

सदस्यका लागि आज निर्वाचन हुँदै छ । ३२ सदस्यीय पदका लागि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता(अल्पसंख्यकसहित आठजना निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार बुधबार ३२ जना सदस्यका लागि ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ६ प्रदेशमा विभिन्न क्लस्टरबाट ३२ जनाभित्र पर्न ५२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...