धुर्मुस–सुन्तलीले निर्माण गरेको चौथो नमुना बस्ती हस्तान्तरण

सन्तपुरका माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायका परिवारले बसोबास गर्ने

Santapur 2 hakjc8j3rc

काठमाडौं । चर्चित हाँस्यकलाकार दम्पती सीताराम कटेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको एक समारोहका बीच हस्तान्तरण गरिएको छ । एकीकृत नमुना बस्तीको एक समारोहका बीच राष्ट्रपति बिद्यादेवी भण्डारीले हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिन् ।  

बाढी पीडितलाई लागि पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभुत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ  ।

भुकम्प प्रतिरोधी प्रत्येक घर दुई तलाको निमार्ण गरिएको फाउन्डेसनले जनाएको छ । प्रत्येक घरमा खानेपानीको धारा र अच्याड बाथरुमको ब्यवस्था गरिएको छ । 

घर भुकम्प प्रतिरोधी हुनुका साथै अपाङ्ग तथा बालमैत्री संरचनामा निर्माण गरिएको कलाकार सीताराम कट्टेलले जानकारी दिए । यी घरमा सन्तपुरका माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायका परिवारले बसोबास गर्नेछन् । 

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट यो बस्ति निर्माण गरिएको हो । बस्ती निमार्ण सम्पन्न भएपनि अझै रकम अभाव रहेको फाउण्डेशनले जनाएको छ । बस्ति हस्तान्तरण कार्यक्रममा महजोडी, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, कलाकारहरु र स्थानीयको सहभागिता रह्यो ।   

प्रतिकृया दिनुहोस