बनपा ९ लार्इ नमुना वडाको रुपमा विकास गरिने

Bana pa

बाजुरा । बाजुराको सदरमुकाम रहेको बडिमालिका नगरपालिका वडा नं. ९ लाई नमुना वडाको रुपमा विकास गरिने भएको छ । वडा भित्रको रहेको प्रमुख व्यापारिक क्षेत्र दुनि हाटबजारलार्इ व्यवस्थित बनाउने तयारी भएको वडा अध्यक्ष वीनोद विकले बताए । 

बजारको फोहर व्यवस्थापन, सडक व्यवस्थापन र सवारीसाधानहरुलाई व्यवस्थित गरिने भएको हो । सोमबार वडा नं. ९ मा भएको आम भेलाले  नमुना वडा बनाउने निर्णय गरेको हो ।

नमुना वनाउन वडा भित्र बसोवास गर्ने स्थानीय, व्यापारी, बुद्धीजीवी, जनसमुदायले सहकार्यमा बनपाको नमुना वडाको बनाउन लागिएको सबैलार्इ सहयोगको अपेक्षा गरेको विकले बताएका छन् ।

वडामा बसपार्क, जिल्लाकै ठुलो व्यापारिक केन्द्र दुनिहाटबजार, सुरक्षा निकायको प्रमुख कार्यालय जिल्ला प्रहरी कार्यालय लगायत सरकारी तथा गैरसरकारी कार्यालयहरु अवस्थित रहेका छन् । बडिमालिका नगरपालिका भित्रकै सवैभन्दा ठुलो भुगोल र जनसंख्या रहेको छ ।

वडामा व्यवसाय गरिरहेका व्यापारीहरुले विक्री गर्ने सम्पूर्ण खाद्य बस्तुहरुलाई पनि विभिन्न समयमा छड्के अनुगमन गर्ने बताईएको छ । साथै यस वडामा घरेलु मदिराजन्य पदार्थको विक्रि वितरणमा समेत रोक लगाईने भएको छ ।

वडाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका माननीय लालबहादुर थापाले यस वडालाई व्यवस्थित बनाउन आवस्यक रहेको बताए । उनले सदरमुकाम मार्तडीमा प्रवेश गर्ने मुख्य ईलाका भएकाले पनि यस वडाले सवै भन्दा व्यवस्थित हुन जरुरी रहेको बताए ।

प्रतिकृया दिनुहोस