गोकर्णेश्वरको ब्रम्हडोलमा श्रीमद् ज्ञान महायज्ञ सुरु

Maha yagya

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर वडा नं ३ ब्रम्हडोलमा श्रीमद् भागतवत ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञ ९ दिनसम्म चल्नेछ ।

महायज्ञको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घघाटन गरे । महायज्ञ उद्घघाटनमा प्रधानमन्त्री देउवाले नेपाल धार्मिक सहिष्णुता भएको मुलुक रहेको बताए । देउवाले आफूलाई धार्मिक विषयबारे त्यति ज्ञान नभए पनि महायज्ञको उद्घघाटन गर्न पाउँदा खुशी लागेको बताए ।

महायज्ञ उद्घघाटनमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले यस किसिमका धार्मिक गतिविधिले जनताबीच सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

ग्राम सुधार आधारभूत विद्यालयको सुधार, शिव पाञ्चायन मन्दिरको संरक्षणार्थ तथा अन्य सामाजिक काम गर्न महायज्ञ गरिएको हो । विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ गरिएको आयोजक समितिका सदस्य वालकृष्ण पौडेलले बताए ।

महायज्ञमा बालब्यास बालयोगेश्वर महाराजले प्रवचन दिनेछन् । महायज्ञ ९ दिनसम्म चल्नेछ । ग्राम सुधार विद्यालयको भौतिक संरचना जीर्ण बनेको र सो विद्यालयमा अध्ययन गर्नेहरुलाई खानपान लगायतबारे व्यवस्थापनमा सहज होस् भनेर यज्ञ गरिएको हो ।

प्रतिकृया दिनुहोस