अहिले भारतले नीतिमा पुनरावलोकन गर्न चाहेको छ : ज्ञवाली

Pradip gyawali

काठमाडौं । नयाँ संविधान जारी भएपछि भारतको नाकाबन्दी खेपेका एमाले नेताहरुले संविधान जारी पछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाहेको दावी गरेका छन् ।

यद्धपि पछिल्लो समय नेपाल भारतबीचको अविश्वास हटेर गएको भए पनि आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने उनीहरुको तर्क छ ।
‘अब समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन’ नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भने, ‘कहिले अदुवा, कहिले चिया, कहिले कुचो निर्यातमा अवरोध भैरहेको छ । यसले नेपालको व्यापार घाटा बढाएको छ ।’

रिपोर्टर्स क्लब नेपालले आइतवार गरेको कार्यक्रममा नेता ज्ञवालीले । ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरे ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् । ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको छ’ ‘स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएको छ । सोही अनुसार मोदी नेपाल आउनुहुने छ ।’

स्वराजको भ्रमणलाई सहज रुपमा लिनुपर्नेमा नकारात्मक टिप्पणी गरिएकोप्रति ज्ञवालीले आक्रोष पोखे । ‘कतिपयले हिनताबोध र कुण्ठा व्यक्त गरेका छन् । यो आवश्यक छैन’ उनले भने ‘स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएकोले अनावश्यक टिकाटिप्पणी गर्न उचित छैन ।’

प्रतिकृया दिनुहोस