प्रदेश नं. २ मा मधेश आन्दोलनको तस्विरमा किन भयो लफडा ?

Pradesh 2 baithak

काठमाडौं । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै विवाद भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराख्दा बैठक स्थलमा हंगामा मच्चाएका छन् । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएको छ । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए ।

मधेशी सांसादहरुले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका थिए । सो विरोधले उग्र रुप लिएपछि बैठक अवरुद्ध भएको छ ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सांसदहरु आआफ्नो स्थानबाट उठे । मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए ।

तर, जेष्ठ सदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

प्रतिकृया दिनुहोस