आहा ! रारा गोल्डकपको उपाधि पुलिसको पोल्टामा

Aaha rara gold cup

पोखरा । नेपाल पुलिस क्लबले १६ औं आहा ! रारा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा थ्रीस्टारलाई १–० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । यो जितसँगै पुलिसले ७ लाख १ हजार पाएको छ ।

थ्रीस्टार भने उप विजेतामै सिमित भएको छ । अघिल्लो हप्तामात्र मदन भण्डारी मेमोरियल गोल्डकप जितेको थियो । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।

पुलिसको जितमा राम वाजीले निर्णायक गोल गरे । अभिशेक रिजालको सट्टामा ८३ औं मिनेटमा मैदान छिरेका वाजीले थपिएको कुल २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयमा गोल गरेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रवि पासवान बने । उनले हिरो स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र हृयाट्रिककर्ता थ्रीस्टारका विश्वास श्रेष्ठ बने ।

उत्कृष्ट स्ट्राइकरमा थ्रीस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल वल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए । अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगढी पुरस्कृत भए । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।

त्यसैगरी भाग्यमानी दर्शक उज्वल पोखरेललाई हिरो स्कुटर प्रदान गरिएको छ । प्रतियोगिता अवधीभर टिकट काट्ने दर्शकहरुमा गरिउको लक्की ड्रमा कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक भलाबोट निवासी केसी बिजेता बनेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...