मधेशी नेताले संविधान संशोधनको कुरा गर्दा भारतीय विदेशमन्त्री किन मौन ?

Swaraj rajapa vet

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ सामुहकि रुपमा भटघाट भएको छ ।

करिब ४० मिनेट भएको सामुहिक कुराकानीमा राजपाका नेताहरुले संविधान संशोधनको कुरा उठाएका थिए । तर, राजपाको कुरा स्वराजले नसुनेझैं गरिन् । आखिर किन त ?

स्वराजसँगको भेटमा राजपाका नेताहरुले अहिले पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको भनेर खुसी पार्न खोजेका थिए । तर, स्वराजले संविधान संशोधनको कुरा नसुने जस्तो गरेर नयाँ सरकार बनाउन ध्यान केन्द्रित गरेकी थिइन ।

सो भेटमा स्वराजले मधेसी नेताहरुलाई संविधान संशोधन तपाईहरुको आन्तरिक विषय हो, तपाईहरु आफ्नो हित सोचेर आफैं निर्णय गर्नुहोस्, यसमा हाम्रो कुनै हस्तक्षेप हुँदैन भन्ने जवाफ दिएकी थिइन् ।

स्वराजको जवाफ आएपछि मधेशी नेताहरु एकापसमा कानेखुसी गर्न थालेका थिए ।

प्रतिकृया दिनुहोस