पूर्व क्रिकेटर लागे समाज सेवामा

Kriketar help

कपिलवस्तु । क्रिकेटमा स्थापित फैजलुर रहमान (फैजल खाँ) को यतिखेर कपिलवस्तुमा छुट्टै चर्चा हुन थालेको छ ।

उनले मुलुकभित्र र बाहिर हुने प्रतियोगितामा शतक हानेर प्रशंसा बटुल्दै आएका थिए । क्रिकेटमा सफलता हासिल गरिसकेका फैजल खाँ अहिले समाज सेवामा पनि जुटेका छन् ।

पूर्व राष्ट्रिय र अन्तराष्ट्र्रिय क्रिकेटर खाँ यतिबेला सामाजिक कार्यमा सक्रिय बनेका छन् । उनी यतिवेला कपिलवस्तुका विभिन्न बस्तीमा पुगेर न्यानो कपडा वितरण गरिरहेका छन् ।

उनले कपिलवस्तुको मायादेवी गाउँपालिका –१ पकडीमा रहेका करिव १ सय ५० जना भन्दा बढी असाहय, बृद्ध बृद्धा, अपांग, महिला तथा बालबालिकालाई कम्बल वितरण गरेका छन् । उनले प्रत्येक हिउँदमा तराईमा चिसोले सताउने भएकाले गाउँमा कम्बल वितरण गरेको बताउँछन् ।
उनी पूर्व राष्ट्रिय र अन्तराष्ट्रिय क्रिकेटर हुन् । उनी नेकपा एमालेका युवा पनि हुन् ।

 

प्रतिकृया दिनुहोस