मोदीको विशेष दूतका रुपमा स्वराज नेपालमा

किन भेट्दैछिन् सबैभन्दा पहिला एमाले अध्यक्ष ओलीलार्इ ?

Shwarraj

काठमाडौँ । भारतका बाह्य मामिलामन्त्रीसुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

राजनीतिक भेटघाटका लागि नेपाल आएकी स्वराजले दुई दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य राजनीतिक नेताहरुसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल आएलगत्तै उनले सबैभन्दा पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने स्रोतले बताएको छ । ओलीसँग उनले सोल्टी होटलमा भेट्ने कार्यक्रम छ ।

विदेशमन्त्री स्वराजले आज साँझ मधेशी नेताहरुसँग डिनर मिटिङ गर्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा भेटेपछि साँझ ८ बजे स्वराजले मधेशी नेताहरुलाई भेट्न लागेकी हुन् ।

स्वराजले मधेशी नेताहरुसँग डिनरका लागि समय छुट्याएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । स्वराजलाई भेट्न राजपा अध्यक्ष मण्डलका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि जाने बताइएको छ ।

स्वराजले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नेछिन् । भोलि नै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अपरान्ह ४ बजे दिल्ली फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस