हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं : अध्यक्ष दाहाल

Parchanda

काभ्रे । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिकि्रयावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने बताएका हुन् ।

गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले भने,’वाम एकता रोक्न प्रतिकि्रयावादीहरु सल्बलाएका छन्, हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं ।’

अध्यक्ष प्रचण्डले ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिकि्रयावादीहरुले देशलाई अगािड बढ्न नदिएको भन्दै अब उनीहरुको योजना सफल हुन नसक्ने दावी गरे ।

यसैबीच प्रचण्डले काभ्रेवासीलाई प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत दिएका छन् । अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बन्न सक्ने बताएका हुन् ।

कार्यक्रममा एमाले नेता तथा सांसद गोकुल बास्कोटासहित काभ्रेबाट विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी हुन प्रचण्ड हेलिकोप्टरमा महाभारत गाउँपालिकामा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...