सभामुखको चुनाव २७ गते हुने, प्रदेश नं.३ को पहिलो प्रदेशसभा बैठक सकियो

अन्तरिम कार्यविधि पास

Htd

काठमाडौँ ।  प्रदेश नं. ३ को पहिलो ऐतिहासिक प्रदेशसभा संसदको पहिलो बैठक सकिएको छ । प्रदेशसभा सभामुखको चुनाव २७ गते दिउसो ३ बजेका लागि तोकिएको छ । प्रदेशसभा बैठक २७ गते बस्ने गरी स्थति भएको हो ।

प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पास भएको छ । प्रदेशसभा सञ्चालनका लागि रामेश्वर फुयाल, शोभा शाक्यसहित चार जना रहेको समिति बनेको छ । 

यस्तै  संसद नियमावली नबन्नुजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्यविधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छन् ।  पहिलो बैठकमा विभिन्न दलका प्रतिनिधी सांसदहरुले मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस