राजधानी नपाएपछि कांग्रेस धनकुटाले सभापति देउवालार्इ दियो सामुहिक राजिनामा

Sher bdr

काठमाण्डौ । नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ तथा सुबेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालार्इ सामुहिक राजिनामा दिएका छन् । 

उनीहरुले पटक पटक प्रधानमन्त्री देउवालार्इ अस्थायी राजधानी बनाउन माग गरेर जनताले गरेको अान्दोलनको समेत वेवास्ता गरेर सरकारले भौगोलिक रुपमा अन्याय गरेकाे भन्दै बालुवाटारमा पुगेर राजिनामा पत्र हस्तान्तरण गरेका हुन् । 

प्रधानमन्त्री देउवाले राजिनामाको विषयमा धनकुटाका पदाधिकारीहरुसँग बुधबार बिहान छलफल गर्दै पदमानै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागी राजीनामा फिर्ता लिन लिखित आग्रह गरे ।

सभापति शेरवहादुर देउवाले पार्टी कमजोर भएको अवस्थामा पद त्याग्नु नहुने बताए । राजनैतिक सहमती कायम गर्न धनकुटालाई प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोक्नु परेको बताए ।

धनकुटालाई अन्यायमा परेको महसुस समेत भएको वताउदै धनकुटाको विकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस