मन्त्रालयको निर्देशन आएपछि तेस्रो चौमासिकबाट मात्र वृद्ध भत्ता वितरण सक्छौ : पञ्जीकरण विभाग

काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ ।
सरकारले यही माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो ।
विभागका सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरे पनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछि मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताए ।
“सरकारले गरेको निर्णय हामीलाई मन्त्रालयबाट कार्यान्वयन गर्न निर्देशन आउनुपर्छ”, उनले भने, “ निर्देशन आएपछि तेस्रो चौमासिकबाट मात्र वितरण सक्छौ । ”
“मन्त्रालयको वितरण गर्ने निर्देशनपछि हामीले तथ्याङ्क विभागबाट ६५ वर्ष उमेर पुगेका वृद्धको तथ्याङ्क संकलन गर्छांै”, शाखा अधिकृत बस्नेतले भने, “अनि चैतदेखि मात्र वितरण गर्न सक्र्छौं ।”
विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षाभत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ ।
विसं २०५१ मा नेकपा (एमाले)को तत्कालीन सरकारले रू १०० बृद्ध भत्ता र विधवा भत्ताको व्यवस्था गरेकामा अहिले त्यसको दर बढाएर रू एक हजार पु¥याइएको छ ।
सम्बन्धित समाचार
साँझ मात्रै खुल्ने धनकुटाको छिन्ताङ मन्दिर अबदेखि दिउँसै खुल्ने
धनकुटा । देशकै चर्चित मन्दिर मध्येको धनकुटाको छिन्ताङ मन्दिर अबदेखि दिउँसै खुल्ने भएको छ । सबै मन...
माझी समुदायले मनाए लदी पुजा, चौविसे गाउँपालिकाले दियो २ वडामा सार्वजनिक विदा
धनकुटा । माझी समुदायले लदी पुजा मनाएका छन् । तमोर नदी किनार आसपास बसोबास गर्ने माझी समुदायले प्रत...
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्व...
जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती
दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालि...
आज वसन्त श्रवण र सरस्वती पूजा, उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देव...
आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस