प्रदेशसभा बैठकपछि मात्र मुख्यमन्त्री छान्ने एमाले स्थायी कमिटिको निर्णय

सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने

Uml 1 2

काठमाडौँ । नेकपा एमालेले प्रदेशसभाको पहिलो बैठकपछि मात्र मुख्यमन्त्रीको चयन गर्ने भएको छ । पार्टी कार्यलय धुम्बाराहीमा आज बसेको स्थायी कमिटि बैठकले तत्काल ध्यान राष्ट्रिय सभा निर्वाचनमा लगाउने भन्दै प्रदेश सभाको पहिलो बैठक बसेपछि मात्र मुख्यमन्त्री छनोट गर्ने निर्णय गरेको हो ।

‘तत्कालका लागी राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि १८ माघदेखि निर्वाचन मण्डललाई तालिम दिने र प्रदेश सभाबारे बैठक बसेर निर्णय गरिएको छ ।’ बैठकपछि उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

मुख्यमन्त्रीका विषयमा भने सकेसम्म सर्वसम्मति नभए बहुमतका आधारमा सम्वन्धित प्रदेशबाटै छनोट गर्ने निर्णय भएको बताए । उपाध्यक्ष गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा संविधान अनुसार निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ । र सोही व्यक्ति मुख्यमन्त्री हुनेछ ।’ मुख्यमन्त्रीको विषयमा केन्द्रले कुनै हस्तक्षेप नगर्ने सर्वसम्मत वा चुनाव गरेर छनोट गरिने निर्णय भएको उनले बताए।

एमालेको भागमा परेका ४ वटा प्रदेशमध्ये ३ वटामा मुख्यमन्त्रीका दावेदार धेरै देखिएका छन् । प्रदेश नम्बर ५ मा भने स्थायी कमिटि सदस्य रहेका शंकर पोखरेले संसदीय दलका नेता छानिसक्नु भएको छ । वाम गठवन्धनको दोस्रो घटक नेकपा माओवादी केन्द्रसँगको सहमतिअनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री पाएको छ ।

यस्तै प्रदेश नम्बर १, ३, ६ र ७ को सभामुख पनि एमालेको भागमा परेको छ ।  यस्तै, एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका अनैतिक काम खारेज गर्ने निर्णय समेत गरेको छ । ‘जनमत गुमाएको सरकारले गरेका अनैतिक निर्णयमा एमालेको घोर आपत्ति छ, दैनिक कार्यसञ्‍चालनबाहेक दीर्घकालीन निर्णय फिर्त लिन्छौं,’ नेता गौतमले भने ।

प्रतिकृया दिनुहोस