धनकुटा आन्दोलनको समाधान गर्न मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन

 pm 8

काठमाण्डौ । धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउनु पर्ने भन्दै विगत केहि महिना देखि आन्दोलन भैरहेको छ । यसको समाधानको लागि आज बसेको मन्त्रीपरिषदको बैठकमा छलफल भएको थियो । यसको समाधानका लागी प्रधान मन्त्रीले मुख्य सचिवलाई निर्देशन दिएकाछन ।

मन्त्रीपरिषदको बैठकमा धनकुटा र काठमाण्डौमा प्रादेसिक राजधानी अभियान समितिले धनकुटालाई प्रदेशको राजधानी बनाउन पर्ने माग राख्दै आन्दोलन भैरहको विषयमा उद्योग मन्त्री सुनिल वहादुर थापाले जानकारी गराएका थिए र तत्काल धनकुटामानै गै वार्ता गर्नु पर्ने,आन्दोलनको क्रममा भएको क्षती र घाईतेहरुको विवरण सरकारको तर्फबाट संकलन गरी भएको क्षतीपुर्ति दिनु पर्ने, धनकुटामा भएको भौतिक पूर्वाधारको पुन अधयन गरी प्रतिवेदन सकार समक्ष पेश गर्नु पर्ने,धनकुटामा प्रदेश सभाका बैठक राख्नु पर्ने माग धनकुटेली अभियान समितिको रहेको समेत उद्योग मन्त्री थापाले माग रहेको समेत जानकारी गराएका थिए ।


धनकुटेलीहरुको मागको वारेमा सवै मन्त्रीहरुले सकरात्मक ढंगले सहयोग गरेको र प्रधान मन्त्री शेर वहादुर देउवाले मुख्य सचिव लोकदर्शन रेग्मीलाई धनकुटेलीहरुको माग समाधान गर्ने विषयमा तत्काल पहलगर्न निर्देशन दिएको उद्योग मन्त्री सुनिल वहादुर थापाले निसान न्युजलाई बताए ।
धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन आज पनि कामाण्डौमा नेताहरु तथा मन्त्रीहरु र सांसदहरुसंग छलफल भएको दुई तिन दिन भित्रै वार्ता टोली धनकुटा जाने छलफलमा मन्त्रीहरुले वताएको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।

यसैबीच प्रम देउवाले धनकुटाको माग सम्बोधन गर्न रेग्मीलाइ निर्देशन दिएका छन । उनले धनकुटा मै बार्ता गर्ने ब्यबस्था मिलाउन पनि निर्देशन दिएका छन ।

प्रतिकृया दिनुहोस