मच्छेबहालमा एक सुरक्षा गार्डको हत्या

Hatya 1

काठमाडौँ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ ।

इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पु¥याएलगत्तै मृत्यु भएको थियो ।

तामाङको टाउकोमा धारिलो हतियारले काटिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यसैगरी गए राति नै मीनभवनमा मोटरसाइकलको ठक्करबाट दोलखा सामाकोशी–२ का ५० वर्षीय ध्रुव कार्कीको मृत्यु भएको छ ।

कार्कीलाई मीनभवन क्याम्पसअगाडि बा९०प ६०६४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर नयाँ बानेश्वरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...