काम चलाउ सरकार आर्थिक अराजकतर्फ जाँदैछ , बाहिर निकाल्ने वामले हो : प्रचण्ड

Pushpa kamal dahal

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गर्न आह्वान गरेका छन् । देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले आफूहरुले त्यस्तो हुन नदिने पनि प्रचण्डले बताए ।

सोमबार प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘सरकारलार्इ आर्थिक अराजकतर्फ जान दिनुहुन्न । त्यस्तो प्रयास भएको छ । अब बाहिर निकाल्ने वामले हो ।’

वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिवद्धता समेत उनले जनाए । देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै प्रचण्डले त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आह्वान पनि गरे ।

प्रचण्डले भने, ‘हामीले देखेका सपना पूरा भएका छैनन् । तत्कालीन युद्धमा कलम, बन्दुक, र मादललाई मुख्य हतियार थिए । अब कलम मुख्य बनेको छ । बाँकी सपना कलमका माध्यमबाट पूरा गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस