आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बने सन्दिप

Sandeep lamichane

काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

बेग्लुरुमा आज भएको अक्सन अर्थात खेलाडी किनबेचमा सन्दिपलाई जिएमआर ग्रुपको दिल्लीले २० लाख भारुमा किनेको हो । सो प्रतियोगितामा छनौट हुने सन्दिप पहिलो नेपाली समेत हुन् । आइपिएलमा छनौट भएपछि सन्दिपले आफुलाई निक्कै खुशी लागेको प्रतिक्रिया दिएका छन् । उनि हाल डिभिजन टु को तयारीका क्रममा दुवईमा रहेका छन् ।

उनको नाम छनौट भएपछि दुवईमा रहेको नेपाली टिमले खुशीयाली र सन्दिपलाई बधाई दिएको छ । यसअघि अर्का भेट्रान स्पिनर शक्ति गौचनलाई राजस्थान रोयल्सले लिने तयारी गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...