बालकोटको गृहकार्यपछि, ओली र प्रचण्डको निर्णायक बार्ता खुमलटारमा

Oli prachanda jy8vvajy2x

काठ्माडौँ ।  पार्टी एकताको बिषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निर्णायक बार्ता प्रचण्ड निवासमा शुरु भएको छ ।  दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा बार्ता शुरु भएको हो ।

 एमाले अध्यक्ष ओली आज बिहान दाहालनिवास खुमलटार पुगे । यसअघि बालकोटमा बार्ता भइरहेकोमा दुई नेताबीच खुमलटारमा निर्णायक बार्ता गर्ने सहमति बनेको थियो । ओली र दाहालबीच एकताको समग्र पाटोमा आजको बार्ता निर्णायक हुने बताइएको छ । दुई नेताबीच शुक्रवार लामो छलफल भएपछि आज निर्णायक बार्ता गर्न लागिएको स्रोतले बताएको छ । स्रोतका अनुसार सरकार गठन अगावै एकता गर्ने गरीदुई नेताले गृहकार्य अघि बढाएका छन ।

यसका अघिका वार्ता ओली निवास बालकोटमा हुने गरेको भएपनि आज भने ओली आफै प्रचण्ड निवास खुमलटार पुगेका हुन् । एमालेका  नेताहरुले सरकार र एकीकृत पार्टीको नेतृत्व ओलीले नै गर्नु पर्ने भन्दै लबिङ गर्न थालेपछि माओवादीमा शंका उत्पन्न भएको थियो । माओवादी नेताहरु दुवै पार्टीका अध्यक्षले सम्माजनक रुपमा पद पाउनु पर्ने बताउदै आएका थिए ।

 

प्रतिकृया दिनुहोस