एचआइभि संक्रमितका ४ जना बालवालिकालाई सहयोग

Hiv

 बाजुरा ।  बाजुुरा जिल्लाका एच.आईभि संक्रमितका बालवालिकाहरुलाई सहयोग गरिएको छ । शनिबार एक औपचारीक कार्यक्रमका विच बडिमालिका नगरपालिका वडा नंं ३ का एचआईभि संक्रमित रामबहादुर खड्काका ४ जना बालवालिकाहरुका लागि सहयोग गरिएको हो ।

एचआईभि संक्रमित खड्काका विद्यालयमा अध्ययनरत २ छोरी र २ छोराहरुका लागि आवश्यक पर्ने स्टेशनरी, लुगा, खाद्यन्न र नगद गरि ८ हजार बराबरको सामाग्री सहयोग गरिएको छ ।  युवा शसक्तिकरण बुलगारी परियोजनाको बाल अनुदान कोष मार्फत एच आई भि संक्रमितका ४ जना बालवालिकाहरुलाई ८ हजार बरावरका सामाग्री सहयोग गरेको हो ।

सेभ द चिल्डे«नले बाजुरा जिल्लामा २० वर्ष देखी पिसविन बाजुरासंग सहकार्य गरेर बाजुराका बालवालिकाका क्षेत्रमा काम गर्दै आईरहेको छ । आगामी दिनमा पनि यस जिल्लाका पिडित बालवालिकाका विभिन्न सवालहरुमा सहयोग गरिरहने सेभ द चिल्ड्रेनका जिल्ला संयोजक प्रेम पुनले बताए ।

लक्ष्मी सहकारी संस्थाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीले जिल्ला रहेका एचआईभी संक्रमित पिडित परिवारका बालवालिकाहरुलाई जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ३ का वडा अध्यक्ष वीरबहादुर रावलले भने आफुले पाउने पारिश्रमिकको १० प्रतिशत रकम लक्ष्मी सहकारी संस्था मार्फत पिडित बालवालिकाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै मिस बाजुराका कार्यक्रम संयोजक नरेन्द्र थापाले एचआईभि संक्रमितका पिडित बालवालिकाका लागि व्यक्तीगत ३ हजार रकम खाद्यन्न किन्नका लागी सहयोग गरेका छन् ।

कार्यक्रममा पिडित रामबहादुर खड्काले आफुन एच आईभि संक्रमित भएकै दिनदेखि समाजबाट धेरै तिरस्कृत हुनुपरेको र परिवारको गुजरा चलाउन विभिन्न ठाउँमा काम गर्दा समेत अपहेलित भएर बस्नु पर्ने बाध्यता रहेको गनासो गर्नुभएको छ । साथै उहाँले जिल्लामा रहेका सवै सरोकारवालाहरुले आफुहरुलाई सहयोग गर्नुपर्ने आग्रह समेत गरेका छन् ।

जिल्लामा रहेका एचआईभि संक्रमितका १२ जना बालवालिकाहरुलाई सदरमुकाम मार्तडीमा रहेको निजि विद्यालय क्रेटर जोन एकेडेमीले ५० प्रतिशत छुट रकममा विद्यालयमा अध्यापन गराईरहेको विद्यालयका प्रिन्सिपल मिनबहादुर कार्कीले जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...