दशगजामा विद्यार्थीको प्रदर्शन

Ddddkdkddndak

पर्सा । वीरगन्जको छपकैयामा नेपाली भूमि मिचिएको जनाउँदै नेपाल विद्यार्थी संघले विहिबार दशगजा क्षेत्रमा प्रदर्शन गरेको छ ।
काठमाडौंबाट वीरगन्ज पुगेको नेविसंघका केन्द्रीय सभापति नैनसिंह महर नेतृत्वको टोलीले छपकैयाको भकुवास्थित दशगजा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित सीमा रक्षाको नारा लगाउँदै प्रदर्शन गरेको हो ।
विवादित सीमा क्षेत्रको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरले आज विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दा नयाँ स्तम्भ राख्ने क्रममा भारतीय पक्षले नेपाल भूमि मिचेको देखिएको बताए । उनले मिचिएको नेपाली भूमि तत्काल फिर्ता गराउनका लागि भूमिका खेल्न नेपाल सरकारसँग माग गरे ।

“नेपाल र भारतको सीमा क्षेत्रमा अहिले भइरहेको नयाँ पिलर गाड्ने काम अवैज्ञानिक छ, दुवै देशका सम्बन्धित निकायले एक अर्काको भूमि नमिचिने गरी वैज्ञानिक ढंगले पिलर राख्नुपर्छ”, उनले भने । आफूहरु काठमाडाँै पुगेपछि प्रधानमन्त्री र नापी विभागका उच्च अधिकृतलाई भेटेर वीरगन्जमा नेपाली भूमि मिचिएको बारे जानकारी गराइने उनले बताए ।

यसअघि अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी) र वाइसिएलको केन्द्रीय टोलीले पनि विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गरी सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्नाका साथै प्रदर्शन पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...