बौद्धको विजयी सुरुआत

1

काठमाडौँ । आयोजक बौद्ध इन्टरनेसनल स्कुलले दोश्रो बौद्ध इन्टरनेसनल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेको छ ।

बौद्धले जेभियर इन्टरनेसनल स्कुललाई ५१–२९ ले पराजित ग¥यो । बौद्धको जितमा सौम्य सुवेदीले १५ अंक योगदान गरे ।

ब्वाइजकै अन्य खेलमा बुद्ध एकेडेमीले डाफोडिल पब्लिक स्कुललाई ३८–२५ तथा नेरिक एकेडेमीले एचएचसीएलाई ५२–२६ ले हराए । बुद्धका गोकुल मोक्तानले १४ तथा नेरिकका अनमोल खत्रीले १९ अंक जोडे ।

प्रतियोगिताको बौद्ध इन्टरनेसनलका प्रिन्सिपल हरि लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ८ र गल्र्समा ५ टिम सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...