६५ वर्षमै नागरिकले वृद्धभत्ता पाउने, भूकम्पपीडितलाई थप १ लाख

Cabinet

काठमाडौँ । सरकारले ६५ वर्ष पुगेका नेपाली नागरिकलार्इ समाजिक सुरक्षा वृद्धभत्ता दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो।

यसअघि दलित समुदायका लागि ६५ वर्ष र अन्यलार्इ ७० वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था थियो । सरकारले वृद्धभत्तावापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

मन्त्रिपरिषद्को सोही बैठकले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने पनि निर्णय गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। यसअघि सरकारले भूकम्पपीडितलाई तीन लाख रुपैयाँअनुदान दिने व्यवस्था गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...