विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं  : अर्थराज्यमन्त्री राणा

Udaya shamser rana

काठमाडौँ । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायीअजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् । 

मन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धानसम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तराष्ट्रिय संस्थासँग समन्वयगर्न लागिएको बताएका छन् ।

आइतबार रिपोर्टर्सक्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राणाले सुमार्गीले विदेशबाट अवैध रुपमा नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमामात्रै अनुशन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिएको बताए ।

उनले भने,“नेपालमा मात्रै अनुुुसन्धान गर्न सकिँदैन । विदेशी संस्था र बैँकसँग पनि समन्वय गर्नुपर्छ । त्यो चरण सुरु भएको छ ।” मन्त्री राणाले अघि भने,“प्रि–इन्भेष्टिगेशन सकिएको छ । अब इन्भेष्टि गेशनमा जाने प्रक्रियामा छौं ।”

फरक प्रसंगमामन्त्री राणाले कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गरे । संविधानअनुसार प्रक्रिया पूरा गरेपछि सरकार हस्तान्तरण हुने राणाको भनाई थियो ।
संविधान अनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलतासिर्जनाहुने भएकाले राष्ट्रिय सभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने राणाले बताए ।

वाम गठबन्धनका कारण नै कांग्रेसले चुनाव हारेको भन्दै राणाले केन्द्रिय समिति बैठकमा चुनावी समिक्षा सुरु भएको बताए । केन्द्रिय समितिमा समिक्षा गरेपछि महासमिति बैठक बसेर पराजयको समिक्षाहुने राणाको भनाई छ ।

नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताए ।

प्रतिकृया दिनुहोस