केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ९औँ वार्षिक साधारणसभा सम्पन्न

Photo

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणासभाको उद्घाटन शत्रमा बोल्दै शनिबार सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गरी सिंगो भारतीयलाई नेपालमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान दिदै आएकोमा खुसी ब्यक्त गर्नुभयो । उनले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरको विकासमा टेवा पुग्ने भएको बताउँदै यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्दिरका संरक्षक भरत जंगमले मन्दिरलाई यो अवस्थासम्म ल्याइपु¥याउन आफूले कानुनी लडाई धेरै लगेर संघर्ष गरेको स्मरण गर्दै स्थानीयबासीको सहयोगमा केदारनाथको शिर डोलेश्वरमा हुनु भक्तपुरमात्र नभई नेपालीकै लागि गर्वको विषय भएको बताए ।

कार्यक्रममा ९औँ साधारणसभाको तर्फबाट संस्थाका अध्यक्ष विदुरमान बस्नेत, महासचिव मोहन गिरी, कोषाध्यक्ष विश्वराम थापाले आआफनो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, त्रिनेत्र अध्यात्म चिन्तक केन्द्रकी अध्यक्ष रेखा अर्याल, सूर्यबिनायक नगरपालिका वडा नं. ८ का बडाध्यक्ष किरण थापालगायतले यस क्षेत्रलाई धार्मिक पर्यटकको आकर्षणको थलोको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...