७ नम्बर प्रदेशबाट राष्ट्रिय सभाका लागि राधीका बोहराको नाम सिफारिस

Piccc

बाजुरा । राष्ट्रिय सभाका लागि बाजुराबाट राधीका बोहराको नाम नेकपा एमाले प्रदेश कमिटीले सिरफासि गरेको छ । ७ नम्बर प्रदेश कमिटी बैठकले दुई जना महिला कोटा तर्फ बोहराको नाम सिफारिस गरेको नेकपा एमाले ७ नम्बर प्रदेश सह संयोजक कर्णबहादुर थापाले बताए ।

२ दशक लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय बोहरा महिला तर्फको कोटामा सिफारिस भएकी हुन् । बोहरा पूर्व सेती अञ्चल कमिटी सदस्य र २०६४ सालमा नेकपा एमालेको तर्फबाट संविधान सभा निर्वाचन तर्फ समानुपातिक उम्मेदवार बनेकी हुन् ।

बोहरासँगै महिला कोटा तर्फ ७ नम्बर प्रदेशबाट डोटीकी गौरी ओली, कैलालीकी सावित्रा ओली, सावित्रा धिमिरे, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । 

६ जना मध्ये २ जनाको नाम एमाले स्थायी कमिटीले टुङ्गो लगाउने छ । केन्द्रीय स्कुल विभाग सदस्य दयालबहादुर शाहीको नाम चर्चामा रहेपनि प्रदेश कमिटीले सिफारिस गरेन । 

समानुपातिक तर्फको कोटामा बाजुराबाट कुनै पनि उम्मेदवार सांसद बन्न नसकेको र दुर्गम पिछडिएको क्षेत्रबाट लामो राजनीतिक जीवन बिताएकी बोहरा एकल नाम सिफारिस भएपछि राष्ट्रिय सभा सदस्य बन्ने संभावना बलियो देखिएको छ ।
बोहरालाई नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक कर्णबहादुर थापा, बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सांसद एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहको गतिलो समर्थन रहेको छ । 

एमाले केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक भीमबहादुर रावलसँग पनि पुरानै राजनीति सम्बन्धका कारण बोहराको नाम छनोटमा पर्ने बलियो संभावना देखिएको एमाले वृत्तमा चर्चा छ । बोहरा बाजुरामा महिलाको तर्फबाट राजनीतिक आन्दोलन सुरु गर्नेमा पर्छन् । 

नेकपा एमालेले प्रदेश नम्बर ७ बाट पाउने चार वटा कोटा मध्ये २ जना महिला र एक जना खुला पुरुष र एक जना दलित समुदायले राष्ट्रिय सभा सांसद बन्ने भएका छन् । बाजुराबाट अरु कुनैको नाम सिफारिस नहुनुले पनि बोहराको संभावना बलियो बन्दै गएको छ ।

यस्तै खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...