राष्ट्रपति भण्डारी अाज प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउँदै

Untitled 1 2

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलकाे भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेकाे थियाे ।

बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराउन लागिएको जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...