स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किए ओली, भने 'मरो स्वास्थ्य ठीक छ, सरकारले गरेको निर्णय वेठिक छ'

Kp oli airport

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनी बिहीबार नेपाल फर्केका हुन् । 

ओली  बिहीबार मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।  उनी नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते बैंकक प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकाहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेका निर्णयमा सहमति छैन ।’ प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।

उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...