नेताहरुको दवाव थेग्न नसकेपछि, देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

Duba sher

काठमाडौं । पार्टी भित्रका नेताहरुकाे निरन्तर अान्तरिक र बाह्य दवाव पछि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

युवा नेताहरुले सर्वजनिक रुपमा वीज्ञप्ती सहित बैठक बाेलाउन माग गर्दा समेत केहि समय चाँसो नदेखाएका देवाले अन्नत: प्रधानमन्त्री निवाश मै बैठक बोलाएका हुन । 

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शीर्ष नेताहरुसँग मात्र परामर्श गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...